दफा ५५
गुनासो वा उजुरी गर्न सक्ने
(१) बन्दीले आफूलाई परेको मर्का सम्बन्धमा व्यक्तिगत वा सामहिक रुपमा गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था कारागार प्रशासकले मिलाउनु पर्नेछ।

(२) दफा ४२, ४३ वा ४४ बमोजिम हुने निरीक्षणको क्रममा बन्दीले आफूलाई परेको मर्का सम्बन्धमा त्यसरी निरीक्षण गर्ने अधिकारी समक्ष गुनासो वा उजुरी गर्न सक्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिम गुनासो वा उजुरी परेमा कारागार प्रशासकले सो सम्बन्धमा यथाशीघ्र छानबिन गरी त्यस्तो गुनासो वा उजुरीको विषयमा आवश्यक कारबाही गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम परेको गुनासो वा उजुरीको विषय निरीक्षण गर्ने अधिकारीले सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ।

(५) उपदफा (४) बमोजिम प्राप्त भएको गुनासो वा उजुरीको सम्बन्धमा सम्बन्धित निकाय वा अधिकारीले आवश्यक कारबाही गरी सोको जानकारी त्यसरी निरीक्षण गर्ने अधिकारीलाई समेत गराउनु पर्नेछ।